Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल : उद्घाटन खेलमा चेन्नई विजयी


१०, चैत २०८०
  • 139
    SHARES
  • आईपीएल : उद्घाटन खेलमा चेन्नई विजयी

    १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ ।

    चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हरायो । जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार विकेट गुमाउँदै भेट्टायो ।

    चेन्नईको जितमा ओपनरद्वय रुतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यस्तै अजिङ्क्य रहाणेले २७, ड्याल मिचेलले २२ रन जोडे । शिवम दुवे ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लुरुका क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।

    त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । बैंग्लुरुका अनुज रावत सर्वाधिक ४८ रनमा आउट भए ।

    कप्तान फ्याप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन बनाए । दिनेश कार्तिक २८ रनमा अविजित रहे । क्यामरुन ग्रीनले १८ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । चेन्नईका मुस्तफिजुर रहमानले चार विकेट तथा दीपक चहरले एक विकेट लिए ।

    उद्घाटन समारोहमा भारतीय कलाकारहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीती मोहनलगायतले प्रस्तुति राखेका थिए । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

    नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्दैछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend