Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित


११, चैत २०८०
  • 131
    SHARES
  • हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

    काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ ।

    जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका थिए । हैदराबादका ब्याटर हेनरिक क्लासेनले पहिलो बलमा छक्का हाने पनि त्यसपछि हर्षित रानाले पुनरागमन गरेका थिए ।

    हैदराबादका हेनरिक क्लासेनले २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर मयंक अग्रवाल र अभिषेक शर्मा ३२/३२ रनमा आउट भए । त्यस्तै राहुल त्रिपाठी २०, एडेन माक्ररम १८, अब्दुल सामद १५ र शाहबज अहमद १६ रनमा आउट भए ।

    कोलकाताका हर्षित रानाले ३, आन्द्रे रसेलले २, बरुणचक्रवर्ती र सुनिल नारायणले १/१ विकेट लिए । त्यसअघि इर्डेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो ।

    कोलकाताको जितमा आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन बनाए । फिलिप साल्ट ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए । हैदराबादका टि नटराजनले ३, मयंक मारकण्डे २ र प्याट कमिन्सले १ विकेट लिए ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend