Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा आज राजस्थान र लखनउ तथा गुजरात र मुम्बई खेल्दै


११, चैत २०८०
  • 202
    SHARES
  • आईपीएल क्रिकेटमा आज राजस्थान र लखनउ तथा गुजरात र मुम्बई खेल्दै

    काठमाण्डौ  – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस् तथा राति पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्दैछन् ।

    राजस्थानको कप्तानी सन्जु सामसन र लखनउको केएल राहुलले गर्नेछन् । राजस्थान आईपीएल पहिलो सिजन (२००८) को विजेता टोली हो ।

    त्यस्तै गुजरातको शुभमन गिल र मुम्बईको कप्तान हार्दिक पाण्डेय रहेका छन् । मुम्बई ५ पटकको च्याम्पियन टोली हो । गुजरात पछिल्ला दुई सिजन फाइनलमा पुगेको थियो । सन् २०२२ मा पहिलो पटक सहभागी गुजरातले राजस्थानलाई हराएर उपाधि जितेको थियो ।

    हिजो भएका खेलमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् । कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले तथा पन्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो ।

    आईपीएल क्रिकेट अस्तिदेखि शुरु भएको हो । उद्घाटन खेलमा चेन्नईले बेंगलुरुलाई ६ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend