Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अति प्रशोधित खाना स्वास्थ्यका लागि हानिकारक हुने नयाँ अध्ययनको निष्कर्ष


११, चैत २०८०
  • 307
    SHARES
  • अति प्रशोधित खाना स्वास्थ्यका लागि हानिकारक हुने नयाँ अध्ययनको निष्कर्ष

    अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ । विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यसँग देखाएको हो ।

    यस्ता खानेकुराले मुख्यगरी मुटुमा समस्या ल्याउनका साथै मोटोपना बढाउँदा अरु समस्या थपिने गरेको पाइएको छ । प्याकिङ गरिएका कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्री मिसाएको छ भने त्यसलाई अति प्रशोधित खाना भनिन्छ ।

    अति प्रशोधित खानेकुरामा प्रायस् धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ । यस्ता खानेरालाई आकर्षक र स्वादिलो बनउन रंग र तथा अप्राकृतिक स्वाद तथा लामो समय नबिग्रियोस भनेर केमिकलको प्रयोग हुन्छ ।

    मिठाइ, पेय पदार्थ, पाउरोटी, केक, कर्नफ्लेक्स, चिप्स तथा चाउचाउहरु लगायत प्याकेट बन्द गरिएका तयारी खाना अति प्रशोधित खाना हुन् । सामान्यतया यी खानेकुरा भान्सामा सजिलै तयार हुँदैनन् ।अति प्रशोधित खानेकुराले विशेषगरी बालबालिकालाई बढी असर गर्ने हुँदा यसबारेमा जनचेतना र रोकथामका लागि सरकारी प्रयास पनि आवश्यक हुने विज्ञहरु बताउँछन् । 

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend