Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरु विजयी


१३, चैत २०८०
  • 150
    SHARES
  • आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरु विजयी

    काठमाण्डौ - इडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरुले पञ्जाब किंग्सलाई हराएको छ । बेंगलुरुको यो पहिलो जित हो ।

    उद्घाटन खेलमा बेंगलुरु चेन्नईसँग पराजित भएको थियो । घरेलु मैदानमा हिजो भएको खेलमा बेंगलूरुले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो ।

    पञ्जाबले दिएको १ सय ७७ रनको लक्ष्य बेंगलूरुले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए ।

    यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको अविजित इनिङ खेले । हर्शल पटेलले २ चौका र २  छक्का हाने । पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए ।

    यस्तै स्याम करन र हरशल पटेलले १–१ विकेट लिए । त्यसअघि  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए ।

    यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे । बेंगलूरुका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १–१ विकेट लिए ।

    आईपिएलमा आज चेन्नई सुपरकिंङस र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend