Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलका केही मासुपसलमा मनपरी,नियम पालना नगरेमा कारबाही


१४, चैत २०८०
  • 142
    SHARES
  • बुटवलका केही मासुपसलमा मनपरी,नियम पालना नगरेमा कारबाही

    बुटवल । बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज गरेको पाइएको हो।

    मनपरी गर्ने मासु व्यवसायीलाई अन्तिमपटक भन्दै सचेत गराइएको र २ वटा मासु पसललाई जनही ५/५ हजार रुपैयाँ जरिवाना गराईएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । उहाँले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु बधशालाबाट मासु ल्याउनका लागि सचेतना फैलाउने काम भइरहेको बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, व्यापार संघका प्रतिनिधिसहितको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायीलाई सचेत गराउने र गल्ती दोहोर्‍याएमा थप कारबाही गर्ने उहाँले बताउनुभयो ।

    उहाँका अनुसार मासु पसलहरुले सफा र स्वच्छ मासु उपलब्ध नगराउने र उपभोक्ताको हितविपरीत बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ । उहाँले पशु बधशालामा बध गरेको मासुमात्रै बिक्री वितरण गर्नुपर्ने प्रावधानको पालना गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।

    पशुपंक्षी विकास शाखाका झविन्द्र बञ्जाडेले मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले पशु बधशाला तथा मासु सम्बन्धी संघ, प्रदेश र स्थानीय कानूनअनुसार बुटवलमा कार्यान्वयन हुने बताउनुभयो। अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले अनुगमनका क्रममा सचेत गराइएकालाई पालना नगरेमा कारबाही अगाडि बढाइने बताउनुभयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend