Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई हरायो, विभिन्न कीर्तिमान कायम


१५, चैत २०८०
  • 158
    SHARES
  • आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई हरायो, विभिन्न कीर्तिमान कायम

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो ।

    हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो ।  मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए ।

    यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

    आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इन्डियासँग बनाएको २ सय ६३ रनको कीर्तिमान पनि हिजो हैदरावादले तोेडेको छ । दुवै इनिङ्समा गरेर हिजो ५ सय २३ रन बनेको छ, यो पनि अर्को कीर्तिमान हो ।

    हिजो हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले ६३ र ट्रेभिस हेडले ६२ रन बनाए । यो आईपीएलमा हैदरावादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend