Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आठौँ विराट गोल्डकप आजदेखि


१५, चैत २०८०
  • 117
    SHARES
  • आठौँ विराट गोल्डकप आजदेखि

    आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ ।

    डे–नाइटमा हुने गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पुले पूर्वविजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी छन् ।

    भारतबाट दुई, भुटानको एक र नेपालबाट सात टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । आयोजक विराट गोल्डकप ट्रस्टले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले गोल्डकपमा प्रयोग हुने फ्लड लाइटको सफलतापूर्वक परीक्षण भएको बताए । 

    खेलका लागि चारवटा फ्लड लाइटको परीक्षण गरिएको हो । गत २९ माघबाट मैदान तयारीको काम सुरु भएको थियो । आयोजकले खेलाडीबाट कुनै गुनासो आउन नदिने गरी खेलमैदान तयार गरेको जनाएको छ । प्रतियोगितामा विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

    उत्कृष्ट प्रशिक्षकलाई २१ हजार, उत्कृष्ट गोलरक्षकलाई २१ हजार, सर्वाधिक गोलकर्ताललाई २१ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने आयोजकले जनाएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend