Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी


१६, चैत २०८०
  • 147
    SHARES
  • दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

    काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्समाथि १२ रनले विजयी भएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।

    दुई खेल खेल्दा दिल्ली क्यापिटल्स भने अंकबिहीन बनेको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले ५ विकेटको क्षतिमा १८५ रन जोडेको थियो। राजस्थानका लागि रियान परागले नटआउट सर्वाधिक ८४ रन बनाए।

    ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे। रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेल २०, कप्तान सञ्जु स्यामसनले १५ रन जोड्दा शिमरोन हेटमायरले नटआउट १४ रन बनाए।

    दिल्लीका लागि खलील अहमद, मुकेश कुमार, एन्डिट नटर्जी, अक्षर पटेल र कुलदीप यादवले एकएक विकेट लिए।

    १८६ रनको लक्ष्य पछ्याएको दिल्ली १७३ रनमा समेटिएको हो। उसका लागि डेबिड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३४ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे।

    उनी एक रनले अर्धशतक बनाउन चुके। २३ बल खेलेका ट्रिस्टन स्टब्सले नटआउट ४४ रन जोडे पनि दिल्लीलाई जिताउन सकेनन्। कप्तान ऋषभ पन्तले २८, मिचेल मार्शले २३ रन बनाउँदा अक्षर पट्टेले नटआउट १५ रन बनाए।

    राजस्थानका लागि नान्द्रे बर्गर र युजवेन्द्र चहलले दुईदुई विकेट लिए भने आवेश खानले एक विकेट हात पारे। यो जितसँगै राजस्थान लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

    दिल्ली भने लगातार दोस्रो हार बिहोर्दै अंकबिहीन छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend