काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गर्नुभएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनीत गर्नुभएको हो ।
सभापति देउवाले भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाललाई सदस्य मनोनित गर्नुभएको हो ।
साथै केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गर्नुभएको छ ।
नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गर्नुभएको हो ।
काँग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। काँग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो।