Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल


१८, चैत २०८०
  • 137
    SHARES
  • आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल

    काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्स २१ रनले विजयी भएको छ।

    टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाब किंग्स २१ रनले पराजित भएको हो। पूरै २० ओभेर खेलेको पञ्जाब पाँच विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो।

    टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए।

    ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुनाल पाण्ड्या ४३ रनमा अविजित रहे।

    पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरले १–१ विकेट हात पारे।

    २०० रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि कप्तान शिखर धवनले ५० बलमा ७० रनको शानदार अर्धशतक बनाए। तर त्यो जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टोले २९ बलमा ४२ र प्रभसिमरन सिंहले १९ रन जोडे। लियाम लिभिङस्टोनले नटआउट २७ रन जोड्दा शशांक सिंह ९ रनमा नटआउट रहे। सैम करन भने शून्य रनमै आउट भए।

    पञ्जाबलाई सस्तैमा समेट्न लखनउका मयंक यादवले ३ र मोहसिन खानले २ विकेट हात पारे। यो जितसँगै लखनउले आईपिएलको यो सिजनमा पहिलो जित निकालेको छ। उसले दुई खेलमा दुई अंक जोडेको छ। तीन खेल खेलेको पञ्जाबसमेत दुई अंकमा सीमित छ।

    आइतबार दुई खेल हुँदै
    आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा गुजरात टाइटन र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो पौने ४ बजे सुरु हुँदैछ। दुई खेल खेलेको गुजरात एक हार र एक जित दर्ता गर्दै दुई अंक जोडेको छ। हैदरावादसमेत दुई खेलमा एक जित निकाल्दै दुई अंकमै सीमित छ।

    दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच हुनेछ। यो खेल राति ७ : ४५ बजे सुरु हुनेछ। दिल्ली दुई खेलमा अंकबिहीन छ भने चेन्नई दुईमा दुई जित निकाल्दै चार अंकका साथमा तालिकाको शीर्ष स्थानमा छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend