Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भुम्या पर्वको अवसरमा  सार्वजनिक विदा


३२, जेठ २०८०
  • 378
    SHARES
  • भुम्या पर्वको अवसरमा  सार्वजनिक विदा

    रोल्पा। प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या हो । प्राकृतिक विपत्ति नआओस्,भूतप्रेत,ग्रहदशा जाउन्,बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ।लुम्बिनी प्रदेश सरकारले असार १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा,रुकुम र दाङमा सार्वजनिक विदा दिएको हो।

    प्रदेश सरकार,मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णय अनुसार भुम्या पर्वको अवसरमा यहि २०८० असार १ गतेका दिन रोल्पा,रूकुम र दाङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’विज्ञप्तिमा भनिएको छ।

    त्यस्तै कालो चोलीमा,रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह,ट्याम्की,छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूम्या नाच।

    352725791_995576161568242_8738502621078820085_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend