Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सिरिज जितिसकेको आयरल्याण्डविरुद्ध तेस्रो खेल खेल्दै नेपाल ‘ए’


१९, चैत २०८०
  • 124
    SHARES
  • सिरिज जितिसकेको आयरल्याण्डविरुद्ध तेस्रो खेल खेल्दै नेपाल ‘ए’

    काठमाडौं – पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ।

    एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले सिरिज भने जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

    घरेलु मैदानमा पहिलो खेलमा शुक्रबार लोकेश बमले शतक प्रहार गर्दासमेत २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमै ४० रनले पराजित भएको थियो।

    पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भएको थियो।

    दोस्रो खेलमा दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो।

    एक खेल अगावै टी–२० सिरिज जितेको आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिजसमेत खेल्दैछ। नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

    आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend