Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : दिल्लीले चेन्नईलाई २० रनले हरायो


१९, चैत २०८०
  • 118
    SHARES
  • आईपिएल : दिल्लीले चेन्नईलाई २० रनले हरायो

    काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटलले शानदार जित निकालेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो।

    पहिला ब्याटिङ गरेको दिल्लीका लागि डेविड वार्नर र कप्तान ऋषभ पन्तले अर्धशतक बनाए। ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी साह ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।

    चेन्नईका मथिशा पथिरानाले सर्वाधिक ३ विकेट लिए। मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट हात पारे।

    दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात खराब भयो। चेन्नईका ओपनर १ र २ रनमै आउट भए। कप्तान रितुराज गायकवाड दुई बल खेलेर १ रनमा आउट भए भने रचिन रविन्द्र १२ बल खेल्दा २ रन बनाएर आउट भए।

    चेन्नईका लागि अजिंक्य रहाणे सर्वाधिक ४५ रन जोडे। डेरिल मिचेल ३४ र शिवम दुबे १८ रनमा आउट भए भने समीर रिजवी शून्यमा समेटिए।

    चेन्नईका लागि महेन्द्र सिंह ध्वनी र रविन्द्र जडेजाले सम्हालिएर प्रदर्शन गरे पनि जितका लागि त्यो पर्याप्त भएन। ध्वनीले नटआउट ३७ रन जोड्दा जडेजाले नटआउट २१ रन बनाए।

    दिल्लीका लागि मुकेश कुमार ३, खलील अहमद २ विकेट लिँदा अक्षर पट्टेलले १ विकेट हात पारे। तीन खेल खेल्दा चेन्नईले पहिलो हार भोगेको छ भने समान खेलमा दिल्लीले पहिलो जित निकाल्दै अंक जोडेको छ।

    आईपिएल अन्गर्तत सोमबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५मा सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend