Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आयरल्यान्ड 'ए' लाई ३ रनले हराउँदै नेपाल 'ए' क्लिन स्वीप हुनबाट जाेगियाे


१९, चैत २०८०
  • 157
    SHARES
  • आयरल्यान्ड 'ए' लाई ३ रनले हराउँदै नेपाल 'ए' क्लिन स्वीप हुनबाट जाेगियाे

    काठमाण्डाै – तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले हराएको छ ।

    अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा बाईमार्फत १ रनमात्र ल्याउन सकेपछि आयरल्यान्ड ‘ए’ माथि नेपालले रोमाञ्चक जित निकालेको हो ।

    नेपाल ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । आयरल्यान्ड ‘ए’ का ग्यारेथ डेलनीले ६८, मर्गन टपिङले ६० रन बनाए । नेपाल ‘ए’ का विपिन खत्रीले ३ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर दुई सय १३ रन बनायो । नेपालका आरिफ शेखले ४८ बलमा अविजित सर्वाधिक ९३ रन बनाए । रशिद खान १२ बलमा २४ रन बनाएर आउट भए । त्यस्तै कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।

    यो जितसँगै नेपाल शृङ्खला ‘क्लिन स्वीप’ हुनबाट जोडिएको छ । आयरल्यान्ड ‘ए’ ले यसअघि नै शृङ्खला जितिसकेको छ । नेपालले शुरुवाती २ खेलमा हार बेहोरको थियो ।

    अब यी दुई टोलीबीच पर्सि बुधवारदेखि ३ खेलको एकदिवसीय शृङ्खला शुरु हुनेछ । एकदिवसीय शृङ्खला त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend