Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : गुजरातमाथि पञ्जाबको रोचक जित


२३, चैत २०८०
  • 133
    SHARES
  • आईपिएल : गुजरातमाथि पञ्जाबको रोचक जित

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि रोचक जित निकालेको छ।

    नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले दिएको २०० रनको चुनौती पञ्जाबले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकालेको हो।

    सुरुमा ब्याटिङ गरेको गुजरातका लागि कप्तान शुभमन गिलको सानदार प्रदर्शन गरे पनि त्यो जितका लागि पर्याप्त भएन। गिलको अर्धशतमा गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो।

    कप्तान गिलले नटआउट सर्वाधिक ८९ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए।साई सुदर्शन ३३, केन विलियम्सन २६, ऋद्धिमान साहा ११ र विजय शंकर ८ रनमा आउट हुँदा राहुल तेवाटिया २३ रनमा नटआउट रहे।

    पञ्जाबका कगिसो रबाडाले २ विकेट लिए भने हरप्रित बरार र हर्षल पटेलले १–१ विकेट हात पारे। टस जितेर पहिलो फिल्डिङ रोजेको पञ्जाबले २०० रनको चुनौती १९ ओभर १ बलमा सात विकेटको क्षतिमा पूरा गरेको हो। पञ्जाबका लागि शशांक सिंहले नटआउट ६१ रनको अर्धशतकीय इनिङ खेले। उनले २९ बलमा ६ चौका र ४ चौका प्रहार गरे।

    प्रभसिमरन सिंह ३५, आशुतोष शर्मा ३१, जोनी बेयरस्टो २२, जितेश शर्मा १६, सिकन्दर रजा १५, श्याम कुराने ५ रन बनाउँदा कप्तान शिखर धवन १ रनमा आउट भए। उसका लागि हरप्रित बरार १ रनमा नटआउट रहे।

    यो जितसँगै पञ्जाबले चार खेलमा चार अंक जोडेको छ। गुजरातको समेत समान खेलमा समान ४ अंक छ। रन रेटका आधारमा पञ्जाब ५औं स्थानमा छ भने गुजरात छैठौं स्थानमा छ।

    आईपिएल अन्तर्गत शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल शुक्रबार साँझ ७:४५ बजे सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend