Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रहरी श्रीमती सङ्घद्वारा अर्घाखाँचीमा शैक्षिक सामग्री वितरण


२३, चैत २०८०
  • 136
    SHARES
  • प्रहरी श्रीमती सङ्घद्वारा अर्घाखाँचीमा शैक्षिक सामग्री वितरण

    अर्घाखाँची । नेपाल प्रहरी श्रीमती सङ्घले सन्धिखर्कमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

    नेपाल प्रहरी श्रीमती सङ्घले विभिन्न रचनात्मक तथा समाजसेवी काम गर्दै आएको र सोहीअन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको श्रीमती सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । आफैँले अध्ययन गरेको विद्यालयमा विद्यार्थीलाई सामग्री वितरण गर्दा अत्यन्तै खुसी लागेको उहाँको भनाइ छ । 

    प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मीले अक्षराम्भ गरेको सन्धिखर्क–१ मा रहेको बाल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

    शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा सहयोग पुगेको बताउँदै अन्य भौतिक संरचना निर्माणको काममा सहयोग गर्न विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनालले आग्रह गर्नुभयो ।

    शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौर, जिल्ला शिक्षा विकास समन्वय एकाइका प्रमुख मणिराम पराजुली, वडासदस्य भगवती पाण्डे, श्रीमती सङ्घकी प्रदेश सचिव सरिता पराजुली अधिकारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष अशोक खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बस्याल, समाजसेवी लक्ष्मण पराजुलीलगायतको उपस्थिति थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend