बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले स्थापनाकालदेखि व्यवसायिक हकहित र एकता कायम गर्दै यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि सरोकारवाला संघ संस्थासंग समन्वय गर्दै आईरहेको छ ।
संघले आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटनको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले रुपन्देही जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई रुपन्देही जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई एकत्रित गर्दै आएको छ ।
संघको २३ औं वार्षिक साधारण सभा समुद्घाटन समारोह प्रतिनिधि सभाका सदस्य डा.चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा शनिवार थ्री पोइन्ट रिर्सोट बुटवल ११ देवसिद्ध चोक रुपन्देहीमा हुने भएको संघका महासचिव अर्जुन थापाले जानकारी गराउनुभयो । साधारण सभामा बाह्र सय तीन ब्यवसायिक सदस्यहरुको सहभागिता रहने छ ।