काठमाडौँ । रामानन्द सागर निर्देशित चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलिया शुक्रबार नेपाल आइपुगेकी छन् ।
चैत्र २४ शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ ओैँ वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रूपमा सहभागी हुन दीपिका चिखलियाजी (रामायणमा सीताजीको भूमिकाकी नायिका) नेपाल आएकी हुन ।
भारतीय लोकसभाकी पूर्वसांसद समेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्मको कारणले पनि चर्चामा छिन्। ‘रामायण’को कारण नेपालमा उनको ठूलो फ्यान फलोइङ छ ।
जनजातिकाे क्षेत्रमा सेवा, संस्कार , जागरण र जनजाति समुदायकाे भाषा,कला, संस्कृति र धर्मको संरक्षणमा विगत २१ वर्ष कार्य गर्दै आइरहेको जनजाति कल्याण आश्रम नेपालले आमाको माया छात्रबासकाे नाममा देशभर ११ स्थानमा ३०० भन्दा बढि बालबालिकाहरूलाई निशुल्क रूपमा पढन, बस्न र खान साथै सम्पूर्ण चिजकाे जिम्मेवारी लिएर सामाजिक कार्य गर्दै आइरहेको छ । संस्थाले आफ्नो वार्षिक उत्सव मनाउन उक्त कलाकारलाई नेपालमा भित्र्याएको हाे ।
समाजको सहयोगमा कल्याण आश्रमले गरिब, दुर्गम पछडिएका, असाहारा, आमाबुबा विहिन बालबालिकाहरूलाई देशकाे विभिन्न क्षेत्रहरू झापा, धनुषाकाे जनकपुर, पर्साकाे वीरगन्ज, चितवनकाे नारायणघाट, दाेलखाकाे चरिकाेट, काठमाडौँकाे मुलपानी, नुवाकोटकाे विदुर, धादिङकाे नीलकण्ठ, बाँकेकाे नेपालगञ्ज, कैलालिकाे धनगढी लगायतमा नि:शुल्क रूपमा पढन, बस्न, खान लगायत सम्पूर्ण चिजकाे व्यवस्था गरि सञ्चालन गरिरहेकाे छ ।
नायीका दीपिका चिखलियाले प्रसिद्ध धार्मिक ग्रान्ध रामायणमा आधारित टेलिसिरियलमा राजा जनककी छाेरी सीता माताकाे भूमिकामा अभिनय गरि समाजमा आदर्श नारी सीताकाे चरित्र चित्रण गरेकी छिन् । जुन सिरियल नेपाल भारत लगायत विश्वका करोडौँले हेर्ने गर्दछन् ।