Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला


२४, चैत २०८०
  • 226
    SHARES
  • उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

    बाँके । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ । 

    पचास वर्षीया उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृङ्गारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थाल्नुभएको हो ।   

    एकल महिला उहाँ नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीकी स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले वर्षौ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताउनुभयो । “मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जृुटाएँ, दैनिक दुई सय पचास देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो ।”

    हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उहाँले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा सगुनको मखमली डालो देखाउँदै भन्नुभयो, “तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो ।” 

    धनी परियार जस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट । घाँस काटेर जीविकोपार्जन गर्नु भएकी उहाँ अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउनुहुन्छ । 

    उद्यमशीलता सम्बन्धी दुईदिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उहाँ ४५ दिने सगनु एवं शृङ्गारका सामग्री  बनाउने तालिममा सहभागी हुनुभएको हो । 

    दिदी भिनाजुसँगै बस्दै आउनुभएकी प्रमिलामा प्रशिक्षक सङ्गीता गौतमले  भनेझैं आफ्नै व्यवसाय सञ्चालन क्षमता छ । “मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,” रासस प्रतिनिधिसँग उहाँले भन्नुभयो ।

    नेपालगञ्ज उपमहानगरपालिका-१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ । सीपले स्वावलम्बी बनाउने वास्तविकता बुझेर नै उहाँहरू उद्यम गरिरहनुभएको छ । उहाँहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहनुभएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend