Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको कार्यक्रम सम्पन्न


२४, चैत २०८०
  • 279
    SHARES
  • बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको कार्यक्रम सम्पन्न

    बुटवल । “सम्पूर्ण बाँगीबासीहरु एकजुट होऔ” भन्ने मुल उद्देश्यका साथ गठित बाँगी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व लुम्बिनी प्रदेश सासंद निर्मला क्षेत्रीले संस्थाले विभिन्न समस्या समाधानमा व्यक्तिको मनोबल बढाउन र व्यक्तिलाई उर्जाशील बनाउन सहयोग गरिरहेको बताउनुभयो।

    उहाँले समाजलाई सहि गोरेटोमा लैजान राजनीतिभन्दा माथी उठेर काम गरेमात्र यसको सार्थकता र औचित्य रहने बताउनुभयो । उहाँले समाजलाई सतमार्गमा लैजान सबै एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिले राजनीति अस्थिरताले गर्दा जनतामाझ नकारात्मक प्रभाव परेकोले नेतृत्व तहले समयमै सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

    नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभा ससंदीय दलको पुर्व सचेतकसमेत रहनुभएकी क्षेत्रीले सम्पर्क समाजले गरेको कामको प्रशंसा गर्नुभयो । मुलुक समृद्ध बनाउन र सुशासन कायम हुन राजनितीक स्थायित्व आबश्यक हुने बताउँदै यसको लागी सबैलाई सचेत हुन क्षेत्रीले आग्रह गर्नुभयो ।

    उहाँले हेर्ने मानसिकता सकारात्मक भएमा सकारात्मक नतिजा प्राप्त गर्न सकिने बताउनुभयो। देशमा बसेर काम गर्दा आफ्नो पहिचान र अपनत्वको भावना बढ्ने कुरामा उहाँले जोड दिनुभयो । यस संस्थाले जनतासँग बहस गर्ने र उनीहरूको अपेक्षा सम्बोधन गर्न सघाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।1712394140776.jpgकार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्व उपाध्यक्ष खिम बहादुर वि.क, संरक्षक तथा पूर्व जि.सी.अ डबलबहादुर बिसी, निवर्तमान अध्यक्ष भोज बहादुर खड्का, सल्लाहकार निमानन्द भुसाल, सैनामैना नगरपालिका इन्जिनियर अरुण खनाललगायतले शुभकामना विचार व्यक्त गर्नुभएको थियो ।

    संस्थाका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यालेन्डर प्रकाशनमा सहयोग गर्नुहुने विज्ञापन दाताहरुलाई सम्मानसमेत गरिएको थियो ।1712394140745.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend