Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा मुम्बई र लखनउकाे जित


२६, चैत २०८०
  • 140
    SHARES
  • आईपीएल क्रिकेटमा मुम्बई र लखनउकाे जित

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ । हिजो भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २–२ विकेट लिए । यसअघि पाँच पटकको विजेता मुम्बई यो सिजनमा ४ खेलमा १ जितसहित आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा छ ।

    यसैबीच, आईपीएलको हिजोको दोस्रो खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ । लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए ।

    लखनउका लागि यश दयाल एक्लैले ५ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए । लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए  । जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।

    आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend