Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेट : पञ्जावमाथि हैदराबादको रोमाञ्चक जित


२८, चैत २०८०
  • 164
    SHARES
  • आईपीएल क्रिकेट : पञ्जावमाथि हैदराबादको रोमाञ्चक जित

    काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबलाई २ रनले हराउँदै हैदराबादले जित निकालेको हो ।

    हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो ।

    पञ्जाबका शशांक सिंहले सर्वाधिक ४६ रन जोडे । यस्तै, आशुतोष शर्माले ३३, सैम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ तथा शिखर धवनले १४ रन बनाए ।

    हैदराबादका भुवनेश्वर कुमारले दुई तथा पैट कमिन्स, थंगारसु नटराजन, नितिशकुमार रेड्डी रजदेव उनादकटले एक–एक विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

    हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ६४ रन बनाए । यस्तै, अब्दुल समदले २५, ट्राभिस हेडले २१, अभिषेक शर्माले १६, शहवाज अहमेदले १४ तथा राहुल त्रिपाठीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    पञ्जाबका आर्शदीप सिंहले सर्वाधिक चार, सैम करन र हर्ष पटेलले दुई–दुई तथा कगिसो रबाडाले १ विकेट लिए ।

    जारी खेलमा ५ खेल खेलेको हैदराबाद ६ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको पञ्जाब ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend