Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कार दुर्घटना : ८ घाइतेहरुमध्ये एक जनाको मृत्यु


२८, चैत २०८०
  • 263
    SHARES
  • अर्घाखाँची कार दुर्घटना : ८ घाइतेहरुमध्ये एक जनाको मृत्यु

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिकामा कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

    सुपा देउराली दर्शन गरि पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती दुर्गाफाट सडक खन्डको पाणिनी ८ कोलडाडाको ओरालोमा बुधवार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो ।

    दुर्घटनामा अन्य ७ जना घाईते भएका छन् । घाईते हुनेमा भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षिय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षिय सम्झना क्षेत्री, उनकी छोरी ईभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका १२ कि ३० वर्षिय सविता अधिकारी, पोखरा १२ का १५ वर्षिय प्रजोल कंडेल, पोखरा कै ४२ वर्षिय गिता कंडेल र १० वर्षिय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

    गाडी सडकबाट अन्दाजी २०० मोटर तलखसेको थियो । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ । घाईतेको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend