गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको खैरेनी बजारमा दुर्लभ मानिने किङ कोब्रा प्रजातिको सर्प फेला परेको छ ।
मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका-०६ जोहाङ खैरेनीमा पसल गरि बस्ने स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र उक्त किङ कोब्रा प्रजातिको सर्प भेटिएको कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए ।
पसलभित्र रहेको सो सर्पलाई स्थानीय जनप्रतिनिधि, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी, प्रहरी तथा स्थानीय जनताको उपस्थितिमा उद्धार गरिएको हो । उक्त प्रजातीको सर्प भेटिएको हो र लम्बाई भेटिएको सर्पको करिब तीन मिटर रहेको छ भने ६ किलो ७ सय १५ ग्राम तौल रहेको जानकारी वन रक्षक थारुले दिनुभयो ।
सर्पको पाल्पा जिल्ला तानसेन नगरपालिका-१४ निवासी सर्प उद्वारकर्ता सागर पाण्डेले सकुशल उद्दार गरि पाल्पा लगिएको र बुधबार दिउँसो सुरक्षित स्थान हेरेर सर्पलाई छोड्ने तयारी भइरहेको वन रक्षक थारुले जानकारी दिनुभयो।