Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै


२९, चैत २०८०
  • 153
    SHARES
  • बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

    काठमाडौं । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा आगामी बैशाख ४ गतेदेखि ६ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।

    ७७३ वटा स्थानीय तहबाट छनोट गरिएको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । राखेपले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणको बारेमा जानकारी दिएको हो । सात प्रदेशबाट १८ वर्ष मुनिका ६ सय ८६ खेलाडीले यस पटक चुनौति प्रस्तुत गर्न लागेका हुन् ।

    यो प्रतियोगितामा कुल ६ वटा खेलमा प्रतिष्पर्धा हुँदै छ । छात्रा र छात्रले एथ्लेटिक्स, भलिबल, कराते, कबड्डी, तेक्वान्दो र उसु विधाका खेलमा प्रतिष्पर्धा हुने छन् ।

    एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६/६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा समान एक स्वर्ण गरी चार स्वर्णमा प्रतिष्पर्धा हुने छन् ।

    यो प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए ।

    हरेक विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् । यद्यपि, उनीहरूले पाउने पुरस्कारबारे भने तय नभईसकेको शर्माले जानकारी दिए । तर तीन पटक च्याम्पियन टोलीले रनिङ शिल्ड पाउने छन् ।

    प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीले १५ हजार रुप्रयाँ नगद पुरस्कार पाउने बताए । यसअघि लुम्बिनी प्रदेशले तीन पटक च्याम्पियन भएपछि रनिङ शिल्ड आफ्नो बनाएपछि नयाँ रनिङ शिल्ड बनाइएको छ । प्रतियोगिताका लागि करिब एक करोड ५० लाख खर्च हुने राखेपले जनाएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महत्व र स्थान धेरै उचो रहेको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय टोली छनोटको माध्यमसमेत रहेको धारणा राख्नुभयो ।

    उनले सबै पक्षबाट यो प्रतियोगिाको सफल आयोजनामा सहयोग हुनुपर्ने र राखेपले पनि यो आयोजनापछि खेलाडीको गन्तव्य कहाँ हुने भन्ने रोड म्याप तयार पारिने विश्वास व्यक्त गर्नुभयो ।

    राखेप सदस्यसचिव घिसिङले यहाँबाट निस्किएका प्रतिभाशाली खेलाडीको संरक्षणका लागि संघहरू पनि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend