Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा


२, वैशाख २०८१
  • 146
    SHARES
  • आईपिएल : राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ। चार अंक मात्र जोडेको पञ्जाब आठौं स्थानमा छ।

    टस जितेर सुरुमा फिल्डिङ गरेको राजस्थानलाई पञ्जाब किंग्सले ७ विकेटको क्षतिमा १४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य राजस्थानले १ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १५२ रन बनाएर पूरा गरेको हो।

    राजस्थानको जितमा सिम्रन हेटमायर निर्णायक बने। उनले १० बल खेल्दै नटआउट २७ रन बनाए। यशस्वी जैसवाल ३९, तनुस कोटियान २४, रियान पराग २३, कप्तान सञ्जु स्यामसनले १८ रन बनाउँदा रोभम्यान पावेलले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    पञ्जाबका लागि कागिसो रबाडा र स्याम करनले २–२ विकेट हात पारे। अर्शदीप सिंह, लियाम लिभिङस्टोन र हर्षल पटेलले भने समान १–१ विकेट लिए।

    सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि आशुतोस शर्माले सर्वाधिक ३१ रन बनाए। जितेश शर्मा २९ रनमा आउट हुँदा लियाम लिभिङस्टोनले २१ रन जोडे। ओपनर अथर्व तायडे र जोनी बेयरस्टो समान १५–१५ रनमा आउट भए।

    पञ्जाबलाई सस्तैमा समेट्न राजस्थानका लागि अभेष खान र केशव महाराजले समान २–२ विकेट हात पारे। युजवेन्द्र चाहल, कुलदीप सेन र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।

    आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल दिउँसो ३:४५मा सुरु हुनेछ।

    दोस्रो खेलमा मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७:४५मा सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend