Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य


२, वैशाख २०८१
  • 213
    SHARES
  • आजबाट भर्ना अभियान शुरू, ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

    काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ।

    भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका (ड्रप आउट) २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान शुरू भएको छ।

    त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउन अभियान शुरू गरेको जानकारी दिनुभयो।

    भर्ना अभियानमा सबैभन्दा ठूलो, भूमिका स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रहने छ । ती संस्थालाई क्रियाशील बनाई भर्ना अभियान अघि बढाइएको महानिर्देशक शर्माले बताउनुभयो।

    यो वर्ष भर्ना अभियानसँगै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ। जनक शिक्षा सामग्री संस्थाले कक्षा शुरू हुनु ४ दिनअघि नै अर्थात् चैत २७ गतेबाट सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेको छ।

    अभियानको पहिलो दिन आज आइतबार सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका संघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ।

    वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता एवं निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालय बाहिर रहेका र ५ वर्ष उमेर पुगेका सबैलाई विद्यालयमा ल्याउने गरी अभियान थालेको हो।

    सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिने छ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमन सदस्यसँग आह्वान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

    त्यस्तै, ८ गते सामुदायिक सिकाइ केन्द्र (सीएलसी) र विद्यालयले अभियानमा सहजीकरण गर्ने, ९ गते स्थानीय तह र विद्यालयले अभियानको संयोजकमार्फत् भर्ना हुन बाँकी अनुमानित विवरण तयार गर्ने, अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सार्वजनिक भएको छ । सोही दिन भर्ना भएका विद्यार्थीको तथ्यांक स्थानीय तहलाई उपलब्ध गराउने रहेको छ।

    ११ गते स्थानीय तहको शिक्षा शाखाले विद्यालयबाट प्राप्त विवरणको आधारमा आफ्नो स्थानीय तहभित्र भर्ना हुन बाँकी विद्यार्थीको लेखाजोखा गर्ने अभियान रहेको छ। भर्ना अभियानअन्तर्गत १२ गते स्थानीय तहले भर्ना भएका विद्यार्थीको अभिलेख तयार गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने, १३ गते इकाइले विवरण अध्यावधि गर्ने र १४ गते सो विवरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा पठाउने कार्ययोजना छ।

    वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ। निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया शुरू गरिसकेका छन्। सरकारले भर्ना अभियानलाई व्यापक गर्न देशैभरका स्थानीय तह, शिक्षा विकास समन्वय इकाइलाई निर्देशन दिएको छ।

    भर्ना अभियानमा भर्ना हुन आएका विद्यार्थीको तथ्याङ्कको आधारमा थप योजना अघि बढाउने तयारी रहेको केन्द्रका महानिर्देक शर्माले जानकारी दिनुभयो । उहाँले भर्ना अभियानलाई सफल बनाउन सबै निकायलाई आग्रह गर्नुभएको छ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend