Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेट: कोलकाताले लखनउ र चेन्नइले मुम्बईलाई हराए


३, वैशाख २०८१
  • 175
    SHARES
  • आईपीएल क्रिकेट: कोलकाताले लखनउ र चेन्नइले मुम्बईलाई हराए

    काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको छ । लखनउले दिएको एकसय ६२ रनको लक्ष्य कोलकाताले १५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

    त्यसअघि लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । पाँच खेलमा चार खेल जितेको कोलकत्ता अङ्क तालिकाको दोस्रो स्थानमा छ । ६ खेलमा तीन खेल जितेको लखनउ पाँचौँ नम्बरमा छ ।

    यस्तै गएराति सम्पन्न आईपीएलकै अर्को खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई २० रनले हरायो । चेन्नईले दिएको दुई सय ७ रनको लक्ष्य पछ्याएको मुम्बइ ६ विकेट गुमाएर एक सय ८६ रनमै समेटियो ।

    त्यसअघि मुम्बईको घरेलु मैदान वान्खडेमा चेन्नइले चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । ६ खेलमा चार खेल जितेको चेन्नइ तालिकाको तेस्रो स्थानमा छ । ६ खेलमा दुई खेल जितेको मुम्बई आठौँ नम्बरमा छ ।

    आईपीएलमा आज बेलुका पौने आठ बजे रोयल च्यालेन्जर्स बैंङलुरु र सनराइजर्स हैदरावाद खेल्दैछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend