Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा आगो नियन्त्रणका क्रममा एकको मृत्यु,एक घाइते


३, वैशाख २०८१
  • 245
    SHARES
  • गुल्मीमा आगो नियन्त्रणका क्रममा एकको मृत्यु,एक घाइते

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ को जग्गामा लागेको आगो निभाउने क्रममा एक जना स्थानीयको मृत्यु भएको छ ।

    मुसिकोट नगरपालिका– १ तल्लो पौदीस्थित सर्वोदय माध्यमिक विधालयको जग्गामा रहेको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर गम्भीर घाइते भएका ५८ वर्षीय महले घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    आगोको निभाउन गएको समयमा तलबाट ठूलो मुस्लो आफूतर्फ आएपछि लडेका घर्ती एक सय ५० मिटर तल खसेका थिए । घर्तीको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेपछि उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो ।

    उपचारका लागि गुल्मी अस्पताल ल्याउन साथ डाक्टरहरूले घर्तीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकर पोख्रेलले जानकारी दिनुभएको छ । 

    प्रवक्ता पोख्रेलका अनुसार आगो नियन्त्रण गर्ने क्रममा सोही स्थानका ५२ वर्षीय रेशम थापा घाइते भएका छन् । घाइते थापाको उपचार गुल्मी अस्पताल तम्घासमा भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

    प्रहरी प्रवक्ता पोखरेलका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend