Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएलको जारी सिजनमा तेस्रो पटक बन्यो रनको कीर्तिमान, बैंगलुरु पराजित


४, वैशाख २०८१
  • 155
    SHARES
  • आईपीएलको जारी सिजनमा तेस्रो पटक बन्यो रनको कीर्तिमान, बैंगलुरु पराजित

    काठमाडौं - सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा सर्वाधिक रन बनाउने आफ्नै रेकर्डलाई सुधारेको छ। 

    गत मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २ सय ८७ रन बनाउन सफल भयो ।

    यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो। तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको छ।

    हैदराबादले २ पटक कीर्तिमान बनाउनु बाहेक यो सिजन कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध २ सय ७२ रन बनाएको थियो। र, गएराति भएको खेलमा हैदरबादले बैंगलुरुलाई २० रन ले पराजित गर्‍यो। 

    चेन्नस्वामी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनायो।

    हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए । ३९ बलमा शतक पुरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए।

    यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए । अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। अभिषेक शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे। बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्ली १ विकेट लिए।

    जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६२ रन मात्र  बनाउन सक्यो। बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाए पनि जित निकाल्न सकेनन्। 

    कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए। विराट कोहलीले २० बलमा ४२ बनाए। अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ। बेंगलुरु भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ।

    आईपीएलमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend