रोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रोल्पा जिल्लाबाट धेरै उजुरी पर्नेमा गंगादेव गाउँपालिका रहेको छ भने अहिलेसम्म कुनै पनि उजुरी नपर्नेमा सुनछहरी गाउँपालिका रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय,बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको आयोजनामा हिजो आइतबार रोल्पा उद्योग बाणिज्य संघको सभाह्ल लिबाङ्मा सम्पन्न भएको कार्यक्रममा सो कुरा भएको थियो।
सदाचार,निष्पक्षता,निर्भिकता र भष्ट्राचार विरुद्धको सहकार्य,सुशासनका लागि अपरिहार्यूभन्ने मुल नाराको साथ भष्ट्राचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव रमेश कुमार केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्ष २०७९/०८० र चालु आर्थिक बर्ष २०८०/०८१ को चैत २७ गतेसम्म रोल्पा जिल्लाका बिभिन्न स्थानीय तहहरुको उजुरीको विवरणको प्रस्तुत गरेका थिए।
गंगादेव गाउँपालिकामा गत आर्थिक बर्षमा ६ र चालु आर्थिक बर्षमा १० गरि जम्मा १६ बटा उजुरी हरेको छ । त्यस्तै सुनिलस्मृतीमा गत आर्थिक बर्षमा २ र चालु आर्थिक बर्षमा १२ जम्मा १४ उजुरी रहेको छ । त्रिबेणी गाँउपालिकामा गतमा १ र चालु आर्थिक बर्षमा ८ गरि जम्मा ९ रहेको छ । माडी गाँउपालिमा गत आर्थिक बर्षमा ४ र यो चालु आर्थिक बर्षमा ४ गरि जम्मा ८ रहेको छ । रोल्पा नगरपालिकामा गत आर्थिक बर्षमा ३ र चालु आर्थिक बर्षमा ५ गरि जम्मा ८ रहेको छ ।
रुन्टिगढी गाँउपालिकामा गत आर्थि बर्षमा १ र चालु आर्थिक बर्षमा ६ गरि जम्मा ७ रहेको छ । थबाङ गाँउपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरी परेको छैन् भने या चालु आर्थिक बर्षमा ६ वटा रहेको छ । लुङ्गी गाँउपालिकामा गत आर्थिक बर्षमा १ र चालु आर्थिक बर्षमा ४ गरि जम्मा ५ रहेको छ । परिबर्तन गाँउपालिकामा गत आर्थिक बर्षमा २ र यो आर्थिक बर्षमा हाल सम्म कुनै पनि उजुरी नपरेको बताइएको छ ।
सुनछहरी गाँउपालिकामा भने गत आर्थिक बर्षमा र यो आर्थिक बर्षको हाल सम्म कुनै पनि उजुरी नपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौका सह–सचिव रमेश कुमार केसीले जानकारी दिए ।
गत आर्थिक बर्ष २०७९/०८० र चालु आर्थिक बर्ष २०८०/०८१ को चैत २७ गतेसम्म रोल्पाको फछ्र्यौट भएको उजुरी गंगादेव गाउँपालिकामा गत आर्थिक बर्षमा २ र चालु आर्थिक बर्षमा ५ गरि जम्मा ७ रहेको छ । सुनिलस्मृती गाउँपालिकामा गत आर्थिक बर्षमा १ र चालु आर्थिक बर्षमा ६ गरि जम्मा ७ रहेको छ । त्रिवेणी गाउँपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरीको फछ्र्यौट भएको छैन र यो आर्थिक बर्षमा ४ रहेको छ ।
माडी गाउँपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरी फछ्र्यौट भएको छैन र यो बर्षमा २ रहेको छ । रोल्पा नगरपालिकामा गत आर्थिक बर्षमा २ र यो बर्षमा ३ गरि जम्मा ५ रहेको छ । रुन्टिगढी गाउँपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरी फछ्र्यौट भएको छैन र यो आर्थिक बर्षमा ३ रहेको छ । थबाङ गाउँपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरी फछ्र्यौट भएको छैन र यो आर्थिक बर्षमा ३ रहेको छ ।
लुङ्ग्री गाउँपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरी फछ्र्यौट भएको छैन र यो आर्थिक बर्षमा १ रहेको छ । परिवर्तन गाउँपालिकामा गत आर्थिक बर्ष र यो आर्थिक बर्षमा कुनै पनि उजुरी रहेको छैन । सुनछहरी गाउँपालिकामा पनि गत आर्थिक बर्ष र यो आर्थिक बर्षमा कुनै पनि उजुरी रहेको छैन ।
गत आर्थिक बर्ष २०७९/०८० र चालु आर्थिक बर्ष २०८०/०८१ को चैत २७ गतेसम्म बाँकी रहेको उजुरी गंगादेव गाउँपालिकामा गत आर्थिक बर्षमा ४ र यो आर्थिक बर्षमा ५ गरि जम्मा ९ रहेको छ। सुनिलस्मृती गाउँपालिकामा गत आर्थिक बर्षमा १ र यो आर्थिक बर्षमा ६ गरि जम्मा ७ रहेको छ । त्रिवेणी गाउँपालिकामा गत आर्थिक बर्षमा १ र यो आर्थिक बर्षमा ४ गरि जम्मा ५ रहेको छ ।
माडी गाउँपालिकामा गत आर्थिक बर्षमा ४ र यो आर्थिक बर्षमा २ गरि जम्मा ६ रहेको छ । रोल्पा नगरपालिकामा गत आर्थिक बर्षमा १ र यो आर्थिक बर्षमा २ गरि जम्मा ३ रहेको छ । रुन्टिगढी गाउँपालिकामा गत आर्थिक बर्षमा १ र यो आर्थिक बर्षमा ३ गरि जम्मा ४ रहेको छ । थबाङ गाउँपालिकामा गत आर्थिक बर्षमा छैन र यो आर्थिक बर्षमा ३ रहेको छ । लुङग्री गाउँपालिकामा गत आर्थिक बर्षमा १ र यो आर्थिक बर्षमा ३ गरि जम्मा ४ रहेको छ । परिवर्तन गाउँपालिकामा गत आर्थिक बर्षमा छैन र यो आर्थिक बर्षमा २ रहेको छ । सुनछहरी गाउँपालिकामा गत आर्थिक बर्षमा पनि छैन र यो आर्थिक बर्षमा पनि छैन ।
के भन्छन् गाउँपालिका अध्यक्ष :
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले कुनै पनि राज्यको लक्ष्य भनेको कानुन,विधी,नियम,प्रक्रिया पुराहोस र अनियमितता नहोस् भन्ने कुरा रहेको बताएका छन । अनियमितता भयो भने अख्तियारमा मुद्दा जाने जिकिर गरेका छन । पुनले पहिलो कुरा हामीले काम अगाडि बढाउदा सकभर कानुनभन्दा बाहिर जानुहुदैन भन्ने हिसाबले हामीले जानेसम्म नियम,प्रक्रिया कानुनलाई टेकेर अगाडि बढेको कारण त्यहाँसम्म उजुरी नपुगेको समेत बताए ।
कानुन विपरीत काम गर्ने,मनपरी काम गर्ने,आफ्नो कार्यकर्ता भर्ने र आफन्त भर्ने हो भने त अख्तियारमा उजुरी नजाने भन्ने कुरा चाहिँ पक्कै होइनरुपुनमगरले भने।अर्को कुरा कतिपय ठाउँमा मान्छेहरुले त्यसै दुख दिने नियतले पनि व्यक्तिगत रिसिबिका कारण पनि बदनाम गर्नलाई अनायासी मुद्दा हाल्ने पनि गर्छन् ।
त्यो हाम्रो सुनछहरी गाउँपालिकाका जनता,त्यहाँका सरोकारवाला,राजनीतिक दलका प्रतिनिधि लगायतमा छैन,त्यसैले म सबैलाई धन्यवाद दिन चाहन्छु, पुनले भने। उहाँहरुले दुख दिने नियतले कुनै पनि गतिविधी गर्नु भएको देखिएन र भोलि के हुन्छ,त्यो त थाहा छैन : अहिलेसम्म निवर्तमान जनप्रतिनिधि,कर्मचारी देखी लिएर वर्तमान जनप्रतिनिधि मेरा सहयोद्धा,कर्मचारी साथीहरू नियम र प्रक्रियामा रहेर कानुन नमिच्ने हिसाबले काम गरेकै कारणले अहिलेसम्म जोगिएको दाबी गरेका छन ।
हामीले के गरेका छौ भन्दा सामान्य एउटा करारको कर्मचारी भर्ना गर्दा पनि सोर्स फोर्स लगाउने कुरा,आफ्नो मान्छे बोकेर ल्याउने कुरा,जसरी पनि पास गराइदिनु पर्छ भन्ने कुरा,फलानो मेरो मान्छे हो,मेरो सालो हो,मेरो भान्जा हो,मेरो भतिजो हो भनेर आउने कुरा यो निकै जटिल ढंगले आउने गरेको थियो । कुनैपनि यस्ता कार्यमा योग्य र दक्षताको आधारमा नियम,प्रक्रिया अन्तर्गत रहेर प्रतिस्पर्धा गराएर स्वतन्त्र प्रतिस्पर्धाबाट ल्याउने गरेकोले पनि यी सबै कुराले गर्दा अहिलेसम्म यो सफलता भएको दाबी गरेका छन।
कतिपयले के भन्ने गरेका छन भने त्यहाँका जनताले नथाहा पाएर हो कि रुत्यहाँका जनता सिधा,सोझो भएर हो कि रु भनेर कुरा गरेको पनि सुन्दै आएका छौ । तर,त्यस्तो होइन किनभने आजको दुनियाँमा कोही पनि सोझो छैन। त्यसो भएको के हो भने आगामी दिनमा पनि त्यस्तो नहोस् हाम्रो प्रतिवद्धता छ । कसैले दुख दिने नियतले गर्छ,त्यो त भन्न सकिन्न तर,हामी हाम्रो तर्फबाट सकभर कानुन विपरीत जादैनौ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु र त्यस्तो नहोस् यो शून्यतालाई निरन्तर अख्तियारको मुद्दालाई शून्य बनाउन निरन्तरता दिने कोसिस गर्ने समेत बताएका छन।