Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका ६१९ निवेदन


५, वैशाख २०८१
  • 189
    SHARES
  • रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका ६१९ निवेदन

    बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरव्याज सम्बन्धी मिलापत्ररसहमति हुन बाँकी निवेदनहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज सम्बन्धी छ सय १९ वटा निवेदन दर्ता भएकोमा करिब दुई सय ५० निवेदनमाथि छलफल भई मिलापत्र/सहमति भएको थियो । सहमति हुन बाँकी निवेदनहरू जिल्ला प्रहरीमा पठाइएको रुपन्देही प्रशासनले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी र सरकारी वकिलको सहभागितामा निवेदनसँग सम्बन्धित दुवै पक्षको उपस्थितिमा छलफल गराइएको थियो ।

    छलफलमा कागजात अध्ययन र दुवै पक्षका कुरा सुनुवाइ गरी मिलापत्र/सहमति गरिएको थियो । पीडक र पीडित दुवै पक्षको चित्त बुझाएर सहमति गरिएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार मिटरव्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पीडितका गुनासा सुन्नका लागि गुनासो सुनुवाइ तथा सहजीकरण डेस्क सञ्चालन गरिएको थियो । फोकल अधिकृत (गुनासो सुनुवाइ तथा सहजीकरण अधिकृत) नै तोकेर डेस्क सञ्चालन गरिएको हो ।

    जिल्ला प्रशासनमा निवेदन दर्ता गरेकाहरू आफ्नो निवेदनबारे बुझ्न आउने भएकाले त्यसबारे जानकारी दिन अहिले पनि तोकिएका फोकल अधिकारी कायम नै राखिएको अर्यालले जानकारी दिए । निवेदन दर्ता गराउन छुटेकाहरूलाई प्रहरीमा पठाउने गरिएको प्रशासनले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend