Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएलमा पञ्जाबमाथि मुम्बईको ९ रनको जित


७, वैशाख २०८१
  • 166
    SHARES
  • आईपीएलमा पञ्जाबमाथि मुम्बईको ९ रनको जित

    काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।

    पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए ।

    एक समय ९.२ ओभरा ७७-६ को अवस्थामा पुगेको पन्जाबलाई शंशाक र आशुतोषले जितको आशा देखाएका थिए ।

    मुम्बईका जोराल्ड कोट्जी र जस्प्रित बुमराहले ३–३, आकाश माधल, हार्दिक पान्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।

    रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पान्ड्या १० र टिम डेविड १४ रनमा आउट भए ।पन्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए ।

    जितसँगै मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ ।

    राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ । आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल शुक्रबार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend