रोल्पा । साउदीको जेलमा परेका विनोदलाल परियार सकुशल घर फिर्ता भएका छन । करिब पाँच बर्ष अगाडि रोजगारीको शिलशिलामा परियार साउदी पुगेका थिए ।
२०८० मंसिर देखी फाल्गुनसम्म सञ्चालित गरिएको विनोदलाल परियार उद्धार अभियानबाट हिजो बिहीबार आफ्नै जन्मठाउँ माडी गाउँपालिका ५ सरुवामा आएका हुन ।
परियारले साउदीमा ड्राइभर गर्थे र उनले चलाएको गाडी एक्सिडेन्ट् भएको थियो भने गाडी भित्तामा ठोकिँएको थियो र तीन बर्ष पछी घर आउने भन्दा साउदीकै नागरिकले एक्सिडेन्ट्को मुद्दा दर्ता गराएको बुझियो र १० बर्ष जेल र साउदीकै डलर ३० हजार ४ सय २ रुपियाँ जरिवाना तोकियो । त्यस लगत्तै उद्दार अभियानको नेपालको तर्फबाट संयोजक रोशन परियार रहेका थिए ।
उनकै अध्यक्षतामा हिजो बिहीबार एक कार्यक्रमको आयोजना गरि आयविय प्रस्तुत तथा बिनोदलाल परियारलाई घरमा स्वागत तथा आयव्यय प्रस्तुत समेत गरिएको थियो ।
जसमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट परियारको उद्दार अभियानबाट जम्मा संकलित रकम ११ लाख ५७ हजार १ सय ६२ रुपियाँ उठेकोमा खर्चतर्फ बिनोदलालको साउदी जेलमा तिरेको रकम १० लाख ६४ हजार ७० रुपियाँ रहेको छ ।
विनोदलाललाई काठमाडौदेखि घरसम्मको भाँडा १५ हजार ३ सय ९५ रुपियाँ रहेको छ । रसिद छपाई तथा छाप बनाउदा ५ हजार ८ सय रुपियाँ रहेको छ । जम्मा खर्च १० लाख ८५ हजार २ सय ६५ रुपियाँ रहेको छ ।
तिरेर बचेको रकम ७१ हजार ९ सय रुपियाँ रहेको छ । साथै ७१ हजार ९ सय बचत रकमलाई दुर्घटना,रोगले ग्रसित र उपचार्थ व्यक्तिलाई सहयोग गर्ने समेत बताइएको छ ।
बचत रकमलाई उद्दार गरिएको परियारलाई घरमा स्वागत तथा आयव्यय कार्यक्रमका प्रमुख अतिथी माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र वुढामगर र अभियानका सक्रिय सदस्य तथा नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष भरत बहादुर बुढामगरले हस्तान्तरण समेत गरेका छन ।
जसमा माडी गाउँपालिका ५ टाङधारा निवासी गणसरी वलीलाई ८ हजार दिइएको छ । माडी गाउँपालिका ५ झौबाङ निवासी नरबहादुर वलीलाई ८ हजार ५ सय दिइएको छ ।
माडी गाउँपालिका ५ बाङ्मा निवासी पर्मलाल बुढामगरलाई ८ हजार ५ सय दिइएको छ। माडी गाउँपालिका ५ एनाबाङ निवासी प्रेम घर्तीमगर लाई ८ हजार ५ सय दिइएको छ । थबाङ गाउँपालिका ४ तेलखोला निवासी अस्मिता विकलाई ९ हजार दिइएको छ । माडी गाउँपालिका ५ जङमाङ निवासी नरसिङ बुढामगरलाई १० हजार दिइएको छ ।
माडी गाउँपालिका ५ जङमाङ निवासी अमरबहादुर बुढा मगरलाई ८ हजार ५ सय दिइएको छ । माडी गाउँपालिका ५ झौबाङ निवासी हरिकला घर्तीमगरलाई ७ हजार ५ सय दिइएको छ।कार्यक्रम व्यवस्थापन खर्च ३, हजार ४ सय खर्च भएको जनाइएको छ ।
त्यस्तै बिनोदलाल परियार उद्दार अभियानमा आवद्ध भइ आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुहुने भिमबहादुर बाँठा मगर(चिरन)सन्तबहादुर घर्तीमगर,धनबहादुर बुढामगर,सविना घर्तीमगर,पहिलो पाईला नेपाल,प्रकाश बिक,बिष्मलाल परियार,हिरालाल घर्ती,लोकेन्द्र बुढामगर,अमर डाँगी,गौप्रसाद घर्ती,तिर्थ बुढामगर,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखा रहेका छन ।
अभियानका मुख्य संयोजक गंगाराम बुढामगर(जि.आर)गाउँले यस युनिट टिम परबासी समूहका अध्यक्ष,रुपेश बिक,मन बहादुर परियार,भरत बहादुर बुढामगर नेकपा(माओवादी केन्द्र)माडी गाउँपालिकाका कार्यवाहक अध्यक्ष र प्रशासनिक सहजीकरण तेजेन्द्र बुढामगर रहेका छन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीको साथ सहयोगले आफू स्वदेश फर्किन सफल भएको बिनोदलाल परियारले बताएका छन ।
परियारले आफू सहयोग गर्ने सबैको ॠणी भएको समेत बताएका छन । घरपरिवारको तर्फबाट साउदीको जेलबाट उद्दार गर्न सहयोग गर्न भूमिका खेल्ने सबै सहयोगी मनभएका परोपकारी तथा सहयोगीहरुप्रती परियारका जीवन सँगीनी रिता परियारले सम्झना र धन्यवाद व्यक्त गरिन ।
परियारले मेरो श्रीमानलाई उद्दार गर्न सहयोग गरिदिनुभयो तपाईं सबै सहयोगी प्रति हाम्रो परिवार ॠणी छ र ॠणी भएका छौं र आफूलाई पर्दा मात्र होइन अरुलाई पर्दा पनि सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास पैदा भएको बताइन । अप्ठ्यारो परेको बेला सबैले सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको देखिन्छ यो उद्दार कार्यले पुष्टि गरेको छ।
