Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा दुइ दिनको आगलागीबाट २ घाइते र करोडौ सम्पतिको क्षति


८, वैशाख २०८१
  • 287
    SHARES
  • गुल्मीमा दुइ दिनको आगलागीबाट २ घाइते र करोडौ सम्पतिको क्षति

    गुल्मी l गुल्मीका विभिन्न ठाउँमा शुक्रबार देखि भिषण भइरहेको आगलागीबाट २ जना घाइते हुनुका साथै करोडौको सम्पति जलेर नष्ट भएको छ ।

    आगालीमा परी ट्याक्टर चालक  ईश्मा गाउँपालिका –१ उजुङका १९ वर्षीय हिमाल राना र जेसिबि चालक मुसिकोट नगरपालिका –७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका हुन् । उनीहरुको हात, खुट्टा र अनुहारमा जलेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

    यसै क्रममा शुक्रबार जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर–४ वीरबासमा रुन्खादह सामुदायिक जंगलमा लागेको आगोबाट नेपाल विधुत प्राधिकरणको सव-स्टेशन परिसरमा रहेका तारहरू जलेर नष्ट हुँदा डेढ करोड बढीको क्षति भएको नेपाल विधुत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताउनुभयो ।

    आगलागीबाट जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले भण्डारण गरि राखेको तार लागायतका सामाग्री जलेर नष्ट भएको हो । शनिवार बिहानदेखि भएको आगलागीबाट गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ हस्तिचौरको सिदुन्खा,फेदिया,मैनडाँडा र इस्मा गाउँपालिका-४ दोहोलीको तिम्लेखर्कमा २० घर र १३ गोठ जलेर नष्ट भएका छन । 

    इस्मा गाउँपालिका -२ मा रहेको सिदुन्खा रानी सामुदायिक बन र इस्मा गाउँपालिका-४ मा रहेको वर्लेघाट र चैया मखन्ने सामुदायिक बनमा लागेको आगो सो क्षेत्रमा फैलिदा करोडौको सम्पति जलेर नष्ट भएको र सयौ पशुपन्छीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सिंगो गाउँमै आगलागी हुँदा २० घर, १३ गोठ र पशुचौपाया जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

    आगो नियन्त्रणमा लिने प्रयास भएपनि अझै नियन्त्रणमा आइनसकेको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको जानकरी सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले दिनु भयो ।  

    जंगल नजिकै रहेको वस्तीमा आगो आउन थालेपछि प्रहरी, सेना लगायत स्थानीय बासिन्दाहरु वस्तीतर्फ आगो आउन नदिन प्रयासरत रहे पनि हावाहुरीका कारण आगो अझ फैलिने क्रममा छ । 

    आगो नियन्त्रणका लागि स्थानीय

    जनप्रतिनिधि,स्थानीयवासी,प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तव, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मका हे.क्वा. गुल्मीबाट स.प्र.ना.उ.सन्दिप कार्की र नेपाली सेना संग्राम सार्दुल गुल्म तम्घासका सहसेनानी विकासजंग रायमाझीको सुरक्षा कमाण्डमा टोली उक्त क्षेत्रमा खटि आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ । 

    रेसुङ्गा नगरपालिकाको दमकल समेत त्यहाँ पुगेर आगो नियन्त्रणमा सहयोग गरिरहेको छ।जंगलसगैं ति क्षेत्रमा करिब ५०/६० परिवारको बसोवास रहेको र प्रहरी,सेना रं स्थानीयले आगो निभाउने प्रयास गरे पनि हावाहुरीका कारण नियन्त्रण प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

    अहिले सिदुङखामा लागेको आगो रानीवनमा झरेको छ । मैनाडाँडामा रहेका केही घरहरु समेत उच्च जोखिममा रहेको स्थानीय कमल खत्रीले बताए । उनका अनुसार सिदुङखा, रानीवन, बड्मान तिरबाट आगो फैलिएकाले मैनडाँडा समेत जोखिममा रहेको हो।

    आगोका कारण फेदियामा समेत भौतिक क्षति पुगेको छ। प्रहरीका अनुसार अगालगीबाट एउटा ट्याक्टर जलेर क्षतिभएको छ । यस्तै गुल्मीदरबार गाउँपालिका –३ उरिंगडाडास्थित सितल सामुदायिक बनमा पनि  आगलागी भएको  छ । अहिले उक्त आगलागी बस्तिको नजिक आउन लागेको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    आगोलागि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरू, दमकल सहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । 

    शनिवार मात्र गुल्मी जिल्लाका मुसिकोट नगरपालिका,इस्मा, गुल्मी दरवार, छत्रकोट,धुर्कोट,मालिका,रुरुक्षेत्र लगायतका स्थानीय तहका विभिन्न वडामा रहेका सामुदायिक र सार्वजनिक जंगलका एक दर्जन भन्दा बढी स्थानमा आगोलागी भैरहेको स्थानीयबासीले जनाकारी दिएका छन ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend