रोल्पा । मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
रोल्पा जिल्लाका सबै स्थानीय तहको समन्वय र मेडिक मोबाइलको सहयोग तथा स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा शनिबार रोल्पा उद्योग बाणिज्य संघको सभाह्ल लिबाङ्मा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख तथा जिल्ला स्तरीय खोप समन्वय समिति रोल्पाका अध्यक्ष सीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर,उपमेयर,९ वटै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक,शस्त्र प्रहरी रोल्पाका प्रहरी नायब उपरीक्षक,राष्ट्रिय अनुसन्धान रोल्पाका प्रमुख,रोल्पा जिल्ला १० वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत,रोल्पा जिल्ला १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख,उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष,रेडक्रस सोसाइटी सभापति,शिक्षा समन्वय इकाई रोल्पाका प्रमुख लगायत रोल्पा जिल्लामा क्रियाशिल पत्रकार तथा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बताएका छन । रायमाझीले अहिले रोल्पा जिल्लाबाट संघमा अर्थ मन्त्री,प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएकोले यो रोल्पाको लागि ठूलो अवसर भएकोले यो समयमा रोल्पा जिल्लामा केही गर्न सकिन्ने समेत बताएका हुन । सबै स्थानीय तहको तर्फबाट रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले स्वास्थ्य मोबाइल कार्यक्रम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको लागि राम्रो कार्यक्रम भएको बताएका छन ।
मेयर घर्तीले सबै पालिकाको समन्वय,सहकार्य र सहयोगले गर्दा यो कार्यक्रमलाई समुदाय स्तरमा प्रभावकारी र सफल बनाउन सकिने समेत बताएका हुन । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले प्रदेशको मातृ तथा बाल स्वास्थ्य अवस्था,गर्भवती महिला,सुत्केरी महिला र रोल्पा जिल्लाको मातृ तथा बाल स्वास्थ्य अवस्था,गर्भवती महिला,सुत्केरी महिला,गर्भवती चेक लगायतको बारेमा अभिमुखिकरण गरेका थियो ।
सुवेदीले दिगो विकासमा गर्भ जाँच ९० प्रतिशत रहेको बताउदै,लुम्बिनी प्रदेशले २०३० सम्म मृत्यु हुने सुत्केरी महिलाको संख्या २०७ बाट ७० मा झार्ने लक्ष्य लिएर समेत जानकारी गराएका छन । अहिले पनि विश्वमा १७ प्रतिशत बालबालिका गरिबीमा रहेको समेत बताएका छन । रोल्पा जिल्लामा ४ पटकमात्र गर्भ जाँच गर्ने गरेको बताएका छन ।
अहिले सम्म दुईवटा पालिका त्रिवेणी र लुङ्ग्री गाउँपालिकामा कुनै पनि सुत्केरी घरमा सुत्केरी नभएको बताउदै रोल्पाको दुई पालिका त्रिवेणी गाउँपालिका र लुङ्ग्री गाउँपालिकालाई पूर्ण प्रसुती घोषणा गर्न बाँकी रहेको समेत बताएका हुन । मेडिक मोबाइलका संयोजक पवन बैश्यले मोबाइल स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी र सहजीकरण गरेका थिए । बैश्यले मोबाइल स्वास्थ्य एप्फ विद्युतीय स्वास्थ्य सञ्चार भएको बताएका छन ।
यो एप्फले स्वास्थ्य सम्बन्धि सञ्चारको काम गर्ने बताउदै,रोल्पा जिल्लामा पनि स्वास्थ्य अवस्था बारेमा मोबाइल स्वास्थ्य एप्फबाट गाउँघर,स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालयले थाहा पाउन सकिने समेत बताएका छन । कुनै स्थानीय तहको स्वास्थ्य शाखामा बसेर गाउँ घरमा बसेर पनि गर्भवती महिलाले गर्भ जाँच सम्बन्धि जानकारी पाउन सकिने समेत बताएका छन ।
यो कार्यक्रमलाई प्रभावकारी बनाउन व्यवस्थापन,प्रविधि र प्रयोगकर्ता यसका उपलब्धिमुलक मोबाइल स्वास्थ्य एप्फ बनाउन स्थानीय तहहरुको समन्वय भएन भने प्रभावकारी नहुने समेत बताएका छन । त्यसैले पालिकाको तहको सहयोग,समन्वय र महत्त्व आवश्यक रहेको समेत बताएका हुन । मेडिक मोबाइल एप्फ २०१० मा स्थाप्ना भएको र नेपालमा २०११ ल्याइएको बताउदै,यो एप्फ अहिलेसम्म २३ वटा राष्ट्रमा प्रयोग भइरहेको समेत जानकारी गराएका छन ।
नेपालमा पहिलो पटक बागलुङ जिल्लामा मोबाइल स्वास्थ्य एप्फ प्रयोग गरेको र अहिले धेरै जिल्लामा प्रयोगमा रहेको जानकारी गराएका छन । मोबाइल स्वास्थ्य एप्फले विशुद्ध स्वास्थ्य क्षेत्रमा मात्र काम गर्ने भएकोले काम गर्दै आएको बताउदै,स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।
यो एप्फलाई रोल्पा जिल्लामा स्वयंसेविक,स्वास्थ्य संस्थामा आवद्ध स्वास्थ्यकर्मी,स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र स्थानीय तहका प्रमुख,उप-प्रमुखको भुमिका के रहन्छन् भन्ने विषयमा छलफल गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । मोबाइल स्वास्थ्य अन्तरक्रिया कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका लेखा अधिकृत मोतिराज न्यौपानेले गरेका थिए ।