Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपिएल : पञ्जाबमाथि गुजरात तीन विकेटले विजयी


१०, वैशाख २०८१
  • 139
    SHARES
  • आईपिएल : पञ्जाबमाथि गुजरात तीन विकेटले विजयी

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। पञ्जाब किंग्समाथि गुजरातले तीन विकेटको जित निकालेको हो।

    यादवविन्द्र सिंह रंगशाला, मुल्लानपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी हुँदा सात विकेट गुमाएर १४६ रन बनाउँदै भेट्टाएको हो।

    गुजरातको जितका लागि राहुल तेवाटियाले नटआउट सर्वाधिक ३६ रन बनाए। कप्तान शुभमन गिलले ३५ रन जोड्दा साई सुदर्शनले ३१ रन बनाए।

    ऋद्धिमान साहले १३ रन बनाउँदा एम शाहरुख खान ८ रनमा समेटिए भने डेभिड मिलरले ४ रन जोड्दा राशिद खान तीन रनमा आउट भए। नटआउट रहेका साई किशोरले भने कुनै बलको सामना गर्नु परेन।

    पञ्जाबका हर्षल पटेलले तीन र लियाम लिभिङस्टोनले दुई विकेट हात पारे। अर्शदीप सिंह र श्याम कुरानले एकएक विकेट लिए।

    सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन जोडे। हरप्रित बरार २९ रनमा आउट हुँदा कप्तान श्याम कुरानले २० रन जोडे।

    हरप्रीत सिंह १४, जितेश शर्मा १३, रिली रोसोउ ९, शशांक सिंह ८, लियाम लिभिङस्टोन ६ रनमा समेटिँदा आशुतोष शर्माले ३ रन बनाए। हर्षल पट्टेल शून्यमा आउट हुँदा कासिगो रबडा एक बल खेल्दै नटआउट रहे।

    पञ्जाबलाई सस्तैमा समेट्न गुजरातका लागि साई किशोरले एक्लै चार विकेट हात पारे। नुर अहमद र मोहित शर्माले दुईदुई विकेट हात पारेको खेलमा रासिद खानले एक विकेट लिए।

    आइतबारको खेलमा विजयी भएसँगै गुजरात अंक तालिकाको छैठौं स्थानमा पुगेको छ। आठ खेल खेलेको गुजरातले चार खेलमा जित निकाल्दा त्यत्ति नै खेल गुमाएको छ। समान खेल खेलेको पञ्जाब भने नावौं स्थानमा छ। उसले दुई खेल मात्र जितेर चार अंक जोडेको छ।

    आईपिएल अन्तर्गत सोमबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend