Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै


१०, वैशाख २०८१
  • 136
    SHARES
  • आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै

    काठमाडौँ- इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदै छ ।

    आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।

    जारी आईपीएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।

    त्यसैगरी मुम्बई इण्डियन्सको यो सिजन भने औसत रहेको छ । अहिलेसम्म मुम्बईले ७ खेलमा ३ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।

    राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आईपीएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो ।

    राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुनेछन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

    त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मालगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ ।

    त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend