गुल्मी - गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
गए राती दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन् । गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताए । घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ।