Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लब अफ बुटवल शान्तिदिपको चौथो अधिवेशन सम्पन्न


१५, वैशाख २०८१
  • 329
    SHARES
  • लायन्स क्लब अफ बुटवल शान्तिदिपको चौथो अधिवेशन सम्पन्न

    बुटवल । लायन्स क्लब अफ बुटवल शान्तिदिपको चौथो अधिवेशन बुटवल शंकरनगरमा सम्पन्न भएको छ । 

    अधिवेशनले लायन वर्ष २०२४/२०२५ का लागि विशाल पन्थीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । त्यसैगरी प्रथम उपाध्यक्षमा रामहरी भुसाल , द्धितिय उपाध्यक्षमा खिमानन्द आचार्य, तृतीय उपाध्यक्षमा प्रकाश अधिकारी, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा सतिश आचार्यलाई चयन गरेको थियो । 

    त्यसैगरी सह-सचिवमा जालन्धर भुसाल , सह-कोषाध्यक्ष बिष्णु भुसाल र डाईरेक्टरहरुमा पुनाराम पन्थी , दिपक वि क,  ऋषि भट्टराई , नारायण पान्डेय , रेशम बन्जाडे लगायतलाई निर्वाचित गरेको थियो । 

    क्लबका पुर्व अध्यक्ष अधिवक्ता चेतन भण्डारीले निर्वाचन आयुक्तको भुमिका निर्वाह गर्नुभएको थियो भने सस्थाका सस्थांपक अध्यक्ष बाबुराम खनालले लायन्स अन्तर्राष्ट्रियले गर्नुपर्ने काम कारवाहीबारे विविध विषयमा प्रशिक्षण दिई पदाधिकारीको काम कर्तव्यबारे जानकारी गराउनुभएको थियो ।

    क्लबका वर्तमान अध्यक्ष महेश पन्थिले नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिदै क्लबलाई उत्कृष्ट बनाउन आग्रह गर्नुभयो । साथै उहाँले लायन्सको बारेमा प्रशिक्षण दिनुभएको थियो । 

    क्लबले स्थापना कालदेखि नै राम्रो काम गर्दै आइरहेको र आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै अगाडी बढ्नको लागि निर्वाचित समितिलाई अध्यक्ष विशाल पन्थिले आग्रह गर्नुभएको थियो । साथै अध्यक्ष पन्थिले यो बर्ष क्लबलाई जिल्लाकै उत्कृष्ट क्लब बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend