Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज


१६, वैशाख २०८१
  • 163
    SHARES
  • कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

    काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ।

    यो खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो।

    पहिलो खेलमा रोहितको शतकमा नेपालको शानदार जित

    शनिबार भएको पहिलो खेलमा टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपाले २०५ रनको लक्ष्य पाएको थियो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

    नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको हो। कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङमा विजयी भएको नेपालले घरेलु मैदानमा दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो।

    ओपनर अनिल शाह ९ बल खर्चेर ५ रन मात्रै जोडेर आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका बलरसामु टिक्न सकेनन्। १२ बलमा १६ रन जोडेर उनी आउट भए ।

    सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो। उनले शतक प्रहार गरे। ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे।

    दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे। नेपालका अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक कोयले समान दुई/दुई विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो ।

    सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले अर्धशतक प्रहार गरेका थिए। उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन बनाएका थिए।

    ओपनर एलिक एथेनाजे ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ रन प्रहार गरे। अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर खाता नखोली भेभेलियन फर्किएका थिए। आन्द्रे फ्लेचर १३ रन जोडेर क्रिजबाट बाहिरिए। केसी कार्टीले २६ बलमा ३८ रन जोडे। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए।

    नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान एकएक विकेट लिएका थिए।

    नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने वेस्ट इन्डिज ‘ए’ टिममा अनुभवी खेलाडी समेटिएका छन्। वेस्ट इन्डिजले नेपालसँगको प्रतिस्पर्धाका लागि ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा टिम नेपाल पठाएको हो।

    कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ। यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend