Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा राजस्थान र दिल्लीको जीत


१६, वैशाख २०८१
  • 163
    SHARES
  • आईपीएल क्रिकेटमा राजस्थान र दिल्लीको जीत

    काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ । गएराति भएको खेलमा राजस्थानले लखनउलाई सात विकेटले हरायो ।

    लखनउले दिएको एक सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानका कप्तान सञ्जु स्यामसन ७१ रन बनाउँदै अविजित रहे ।

    त्यसअघि लखनऊमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । लखनऊका कप्तान केएल राहुलले ७६ रन बनाए ।

    जितपछि राजस्थान नौ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लखनऊ नौ खेलमा १० अङ्कसहित चौथोमा छ । त्यसअघि हिजो भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले हराएको छ ।

    दिल्लीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन मात्रै बनाउन सक्यो ।

    टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जितसँगै १० खेलबाट १० अङ्क जोडेको दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । नौ खेलमा मुम्बई छ अङ्कसहित नवौँ स्थानमा छ ।

    आईपीएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बैंगलूरु (आरसीबी) तथा बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend