गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका-४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालयले गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा परि सत्यवती-४ का ७५ वर्षका मन बहादुर फुम्जालीको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन ।
सत्यवती गाउँपालिका-४ लिम्घाका ७५ वर्षीय मन बहादुर फुम्जालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
सत्यवती गाउँपालिका-४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ गइरहेको गरेको लु १ च ४३२० नं. को पिकअप गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सोही ठाउँका कृष्ण थापा, यस बहादुर बुढाथोकी, खेमु श्रीस, दुर्गा बहादुर राना भुपेन्द्रदेव खप्तरी (थापा), पदम बहादुर बुढाथोकी, भरत बुढाथोकी, मिलन, ठग बहादुर बुढाथोकी, घनश्याम बुढाथोकी, चिन बहादुर राना र चालक शंकर वि.क घाईते भएका छन् । जीप ब्रेक फेल भई सडक देखी करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाईतेहरु मध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको र बाँकी सबै घाइतेहरुको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ।