Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वेस्ट इन्डिज 'ए' सँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित


१६, वैशाख २०८१
  • 145
    SHARES
  • वेस्ट इन्डिज 'ए' सँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित

    काठमाण्डाै – वेस्ट इन्डिज 'ए' टाेलीसँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएकाे छ ।

    वेस्ट इन्डिज 'ए' ले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्याे । नेपालका कप्तान राेहितकुमार पाैडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् । वेस्ट इन्डिज 'ए' का ओबेड मकाेए र गुदाकेश माेटीले समान २ विकेट लिए ।

    यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायाे । वेस्ट इन्डिज 'ए' का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश माेटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

    याेसँगै पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा १–१ काे बराबरी भएकाे छ । हिजाे भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हराएकाे थियाे । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

    नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend