Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा चेन्नईले हैदराबादलाई ७८ रनले हरायो, गुजरात बेंगलूरुसँग पराजित


१७, वैशाख २०८१
  • 136
    SHARES
  • आईपीएल क्रिकेटमा चेन्नईले हैदराबादलाई ७८ रनले हरायो, गुजरात बेंगलूरुसँग पराजित

    काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  गएराति भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले जितेको छ । चेन्नईले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको हो ।

    चेन्नईले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ ओभर ५ मा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमले सर्वाधिक ३२ रन बनाए ।

    चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

    चेन्नइका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको सानदार इनिङ खेले । जितपछि चेन्नई ९ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । हैदराबादको पनि ९ खेलमा १९ अङ्क नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

    यसैबीच, हिजोको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले गुजरात टाईटन्सलाई  ९ विकेटले हराएको छ । गुजरातले दिएको २ सय १ रनको लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका लागि विल ज्याक्सले एक सय रन बनाएर सतक पूरा गरे ।

    गुजरातका लागि एकमात्र विकेट साई किशोरले लिए । टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय  रन बनाएको थियो ।

    गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८४ रन बनाए । जित पछि आरसिबि १० खेलमा ६ अङ्कसहित पुछारमा यथावत् छ । गुजरात भने १० खेलमा ८ अङ्कसहित सातौँ स्थानमा छ ।

    आईपीएलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend