बुटवल । बुटवलको अटो भिलेजमा सैनिक जवानहरूले हेवी ईन्जिनियरिङ ईकुप्मेन्ट मेकानिक्स एडभान्स तालिम लिएर आफ्नो सिपमा निखार ल्याउदैछन् ।
बुटवल अटो ईन्जिनियरिङ एशोसियसन रूपन्देही लुम्बिनी तथा नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विदयुत तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुर ब्यारेकको संयुक्त आयोजनामा हेवी ईन्जिनियरिङ ईकुप्मेन्ट मेकानिक्स एडभान्स तालिम संचालन भएको छ ।
तालिमको उदघाटन गर्दै नेपाल अटो मेकानिक्स ब्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेले यो तालिममा नेपाली सेनाले तालिम लिएर राम्रो काम गरेको बताउदै यो सिप रिटायर्ड जिवनमा पनि काम लाग्ने बताए । उनले अटो क्षेत्रमा नयँ नयाँ प्रविधि भित्रिरहेकाले यस्तो एडभान्स तालिम निकै उपयोगी हुने बताए ।
आयोजक संस्था बुटवल अटो ईन्जिनियरिङ एशोसियसन रूपन्देहीका अध्यक्ष तुल्सिराम न्यौपानेले यो सेनाहरूको लागि सातौ संस्करणको तालिम भएको बताउदैँ बुटवल अटो भिलेजमा सहभागीले आवश्यकता अनुसार ब्यवहारिक ज्ञान लिन सहज हुने बताए । उनले विगतका तालिम पनि निकै उपलब्धिमुलक भएको यस्ता तालिमलाई निरन्तरता दिईने बताए ।
नयाँ टेक्नोलोजीसंगै सिपमा पनि निखार ल्याउन यस्ता तालिम निकै महत्व राख्ने नेपाल आर्मीका प्राविधिक सेनानी किशोर कुमार महतोले बताए । उनले दक्ष जनशक्ति उत्पादनमा तालिम सहयोगी हुनेपनि बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष प्रेम फौजदार, ज्योती भण्डारी ,पश्चिम नेपाल बस समितिका उपाध्यक्ष नारायण घिमिरे, प्रेस सल्लाहकार दामोदर खनाल, प्रशिक्षक राधाकृष्ण देउला, महासचिव ध्रुव भुसाल लगायतले मन्तब्य राखेका थिए ।
तालिममा नेपाली सेनाका ४ जना प्रशिक्षक १३ जना प्रशिक्षार्थी को सहभागिता रहेको छ । वैशाख १६ गतेबाट सुरू भएको यो तालिम जेष्ठ २२ गते सम्म संचालन हुनेछ ।
