Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई


१७, वैशाख २०८१
  • 171
    SHARES
  • वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

    काठमाडौँ । पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

    मूलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

    लुम्बिनीले दिएको एक सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो ।

    कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २८ रनको योगदान दिए भने विपिन रावतले २३ रन बनाए । त्यस्तै दीपेन्द्र रावतले अविजित १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिए भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक/एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय १६ रनको योगफल बनाएको थियो ।

    लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए । उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे । यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए ।

    कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले समान दुई/दुई विकेट लिए । त्यस्तै प्रकाश जैशीले एक विकेट झारे ।

    यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान आठ/आठ अङ्क जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend