Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको भूमिकास्थानमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु


१७, वैशाख २०८१
  • 279
    SHARES
  • अर्घाखाँचीको भूमिकास्थानमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

    अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका-५ असुरकोटमा आज दिउँसो लागेको आगोले जलेर १ बालिकाको ज्यान गएको छ।

    भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए ।

    आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। घरमा लागेको आगलागीमा परेर बालिकाको शब डढेको अबस्थामा भेटिएको थियो। हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

    आगलागीमा खिमबहादुर बिक र बारबहादुर बिकका २ घर र २ गोठ गरि ४ घरगोठ समेत जलेर नष्ट भएका छन्। आगलागीको कारण र क्षतिको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी राठोरको भनाइ छ। 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend