Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मुम्बईलाई हराउँदै तेस्रो स्थानमा उक्लियो लखनउ


१९, वैशाख २०८१
  • 160
    SHARES
  • मुम्बईलाई हराउँदै तेस्रो स्थानमा उक्लियो लखनउ

    काठमाडौं – इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सले प्लेअफ सम्भावना बलियो बनाएको छ।

    मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै लखनउले प्रतियोगितामा छैटौं जित निकाल्दै १२ अंक बनाएर तेस्रो स्थानमा उक्लिन सफल भयो।

    लखनउमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। उसका लगि नेहल वाधेराले ४६ रन बनाउनु सर्वाधिक रह्यो।

    उनी बाहेक टिम डेभिडले ३५ रनको नटआउट इनिङ खेल्दा इशान किशनले ३२ र सूर्यकुमार यादवले १० रन बनाए। लखनउका लागि मोहसिन खानले २ विकेट लिँदा मार्कुस स्टोइनिस, नभिन उल हक, मंयक यादव रभि विश्वइले समान १-१ विकेट लिएका थिए।

    जवाफमा लखनउले उक्त लक्ष्य ४ बल अगाडिनै ६ विकेट गुमाएर पूरा गर्यो। लखनउको जितमा केएल राहुलले २८ रन बनाउँदा मार्कुस स्टोइनिसले ६२ रन बनाए।

    त्यस्तै, दिपक हुडाले १८ रन बनाउँदा निकोलस पुरनले १४ रन बनाएका थिए। मुम्बईका लागि हार्दीक पाण्ड्याले २ विकेट लिँदा नुवान थुसारा, जेर्राल्ड कोएट्जे र मोहम्मद नावीले समान १-१ विकेट लिए।

    आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend